स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ।
भारतलगायत छिमेकी देशहरुमा पछिल्ला हप्तामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले नेपालमा पनि कोरोना बढ्न सक्ने भएकोले सचेत हुन मन्त्रालयले अनुरोध गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ती जारी गर्दै सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार र बैठकसँगै भीडभाड हुने व्यवहार नगर्न अपिल गरेको छ।
मन्त्रालयले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड अनिवाय पालना गर्न अपिल गरेको छ।
सभा, गोष्ठी, जुलुस, र्याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न र सामाजिक-भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ।