बिहानको नास्ता कति बेला खाने ?

Khtwaa.com
Khtwaa.com

बिहान नास्ता गर्ने व्यक्तिको रगतमा चिनीको मात्रा कम हुने अध्ययनले देखाएको छ।

सिकागोको नर्थ वेस्टर्न युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएअनुसार बिहान ८ बजेर ३० मिनेटभन्दा पहिले नास्ता गर्ने व्यक्तिको रगतमा चिनीको मात्रा कम हुन्छ। 

यतिमात्र होइन, यस्ता मानिसमा कम इन्सुलिन प्रतिरोध हुन्छ, जसले टाइप २ मधुमेहको जोखिमलाई समेत कम गर्न सक्छ।

यस अध्ययनलाई इन्टरमिटेन्ट भनिन्छ, जसको अनुसार दिन सुरु भएसँगै छिटो खादा रगतमा चिनीको स्तर कम हुने र यो इन्सुलिन प्रतिरोधसँग पनि सम्बन्धित छ। 

सिकागोको नर्थ वेस्टर्न युनिभर्सिटीका एमडी मरियम अलीका अनुसार दिनमा चाँडै खाना खान सुरू गर्ने मानिसमा रगतमा चिनीको मात्रा कम हुन्छ भन्ने अध्ययनले देखाएको छ। साथै, ती मानिसमा इन्सुलिन प्रतिरोध भएको पनि पाइएको उनको भनाइ छ।

इन्सुलिन प्रतिरोध तब हुन्छ जब प्यानक्रियाले बनाएको इन्सुलिनमा शरीरले प्रतिक्रिया गर्दैन जसकारण ग्लुकोज कोशिकामा प्रवेश गर्न सक्षम हुँदैन। 

इन्सुलिन प्रतिरोध गर्न सक्ने मानिससँग टाइप २ डायबिटिज हुने जोखिम बढी हुन्छ। इन्सुलिन प्रतिरोध र रगत चिनीको मात्रा उच्च हुने व्यक्तिलाई मेटाबोलिजममा पनि असर पुग्ने गर्छ।
 

प्रकाशित मिति: : 2021-03-21 17:21:00

प्रतिकृया दिनुहोस्