काठमाडौंको कलंकी क्षेत्रमा एक पुरुषको हत्या भएको छ।
आइतबार बिहान अन्दाजी ५५ वर्षीय चौधरी थरका पुरुषको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले हत्याको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई नियन्त्रणमा लिएको छ।
उनले चौधरीलाई ढुङ्गाले हानेर हत्या गरेका थिए। सडकमा सुतिरहेका चौधरीलाई ढुङ्गा लागेर घाइते भएपछि सहिद अस्पताल भर्ना गरिएको थियो।
चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।