सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनक

File photo
File photo

नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन्।

खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बैंकिङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताए। 

विगतको तथ्याङ्कलाई हेर्दा आर्थिक वृद्धिदरमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशभन्दा एक तहले मात्र अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले पछिल्लो समयमा सरकारले लिएको लक्ष्यअनुसार राष्ट्र बैंकले नीति बनाएर कार्यान्वय गर्ने जानकारी दिए। 

प्रदेश कार्यकारी निर्देशक घिमिरेले आम्दानीबाट बचत गर्ने र सोहीबाट बचेको रकमलाई खर्च गरेमा बचत वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे। रासस

प्रकाशित मिति: : 2021-03-13 15:49:00

प्रतिकृया दिनुहोस्