व्यावसायिक क्रियाकलापलाई पारदर्शी बनाउन उपभोक्ता संरक्षण विभाग प्रयास

File photo
File photo

उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ। 

 विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताए। “दिनमा तीन÷चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ। विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।

सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो।

अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कानूनविपरीत कालोबजारी गर्ने निकायलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रकाशित मिति: : 2021-03-13 06:38:00

प्रतिकृया दिनुहोस्