नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी रहेकोले नचल्ने दाबी गरे।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सम्म चुनावै नगरी बस्न खोजेको बताए।
प्रधानमन्त्रीले ओली संसद नै भंग गर्ने मान्छे भएको भन्दै संसद भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसाैंला भन्ने सोच बनाएको होकी भनेर आशंका व्यक्त गरे।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र उक्त नेतृत्वले ल्याएको व्यवस्था रहेको बताए।