नेकपा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा २३ जना नेकपा एमालेमा प्रवेश गरेका छन्। यी सबैलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको बैठकले रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाकी, कमल चौलागाई, मनोज, विशमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधरीलाल, झपट बोहरा, गौरीशंकर चौधरी, खमन बिक, धर्मराज, नवीन रोक्का, चन्द्रबहादुर खड्का, दिनेश पन्त र दावा लामालाई केन्द्रिय सदस्य नियुक्त गरेको छ।
यसमध्ये बादललाई एमालेको सचिवालय सदस्य तथा प्रदेश नम्बर ३ बागमतीको इन्चार्ज नियुक्त गरिएको छ।
यस्तै, लेखराज, टोपबाहदुर, मणिचन्द्र र प्रभु स्थायी कमिटी सदस्य मनोनित भएका छन्।