माइक्रोबस दुर्घटना अपडेट: मृतकको संख्या दुई पुग्यो

कर्णाली राजमार्गमा बिहीबार भएको माइक्रोबस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। योसंगै मृत्यु हुनेको संख्या २ जना पुगेको छ।

मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका घर भएका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्लाको नरहरिनाथ गाउँपालिकाका २१ बर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

पछिल्लो अपडेट अनुसार बसमा २१ जना यात्रु रहेको प्रहरी बताइएको छ।

दुर्घटना परेको बसमा ३ जना प्रहरी समेत घाइते मध्ये रमेश चौधरीको अवस्था गम्भीर रहेको दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए।

उनले भने, ‘२१ जना यात्रुमध्ये २ जनाको मृत्यु भइसकेको छ।’ सुर्खेत पठाइएको ११ जनामध्ये २ जनाको अवस्था गम्भीर छ। ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा माइक्रोबस दुर्घटना भएको हो।

कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 
बस तीब्र गतीमा हुँदा अनियन्त्रित भई दुर्घटना भएकाे हुनसक्ने प्रहरीले बताएको छ।

यद्यपि दुर्घटनाको कारण भने खुलेको छैन। बस राजमार्गबाट १०० मिटर तल खसेको थियो। 



कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते 

प्रकाशित मिति: : 2021-03-11 14:36:00

प्रतिकृया दिनुहोस्