कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
बिहीबार राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका –१ टुईकुनामा माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दुर्घटनामा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका घर भएका ३७ वर्षीय दिपेन्द्रबहादुर शाहीको घटानस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कालिकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको हो।
घाइते भएका १० जनामध्ये ७ जना बिरामीलाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको छ। बस राजमार्गबाट ५० मिटर तल खसेको छ। बसमा कालिकोटबाट १५ यात्री सवार भएकाे प्रहरीले बताएकाे छ। बस दुर्घटनाको कारण खुलेको छैन।