लद्दाख मुठभेडपछि मुम्बई अन्धकार हुनुमा चिनियाँ हात रहेको दाबी

REUTERS
REUTERS

भारत–चीन सैन्य शक्तिबीच लद्दाखमा मुठभेड जारी रहेका बेला चिनियाँ ह्याकरहरूले भारतमा अन्धकारको प्रयास गरेको खुलासा भएको छ। अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको एक अध्ययनले लद्दाख मुठभेड र मुम्बईको अन्धकार बारे एक रोचक तथ्य फेला पारेको छ।

चिनियाँ ह्याकर समूहले अघिल्लो वर्षको अक्टुबर ताका भारतको पावर ग्रिड, आइटी कम्पनी र बैंकिङ क्षेत्रमा हजारौंपटक साइबर आक्रमण गरेका थिए। ज्ुन महिनामा गलवान उपत्यकामा हिंसात्मक झडप भयो तर त्यसको चार महिनापछि अक्टुबर १२ का दिन मुम्बईमा भएको अन्धकारमा चिनियाँ हात रहेको दाबी छ। 

भारतको पावर ग्रिडविरूद्ध चिनियाँ साइबर अभियानको एक समूहले चलाएको अफवाहको परिणाम थियो। चीनले आफ्नो शक्ति देखाउन यस्तो गरेको भारतीयहरूको ठम्याई छ। सिमानामा भएको विवादलाई अन्धाकारमा बदल्न फरक–फरक स्थानमा आक्रमण गरेर विद्युत् बन्द गरेको हो। त्यस समयमा चिनियाँ ह्याकरहरूले भारतमा विद्युत् सप्लाई नियन्त्रण गर्ने प्रणालीमा प्रवेश गरिसकेको अध्ययनको दाबी छ।

अमेरिकी साइबर सुरक्षा कम्पनीका अनुसार भारतमा विद्युत सप्लाई लाइनमा चीनले जालझेल गरेको दाबी छ। कम्पनीका प्रमुख सोलोमनले चीनको सरकारी ह्याकरहरूले गुपचुप तरिकाले भारतमा एक दर्जन बढी पावर जेनरेटर र ट्रान्समिशन लाइनमा घुसपैठ गरेको अध्ययनमा उल्लेख छ। त्यसै समय मुम्बईमा पावर ग्रिड फेल भएर विद्युत् आपूर्तिमा समस्या आयो र मुम्बई अन्धाकार बन्यो। तर, यसको पछाडी चिनियाँ साइबर आक्रमण थियो या थिएन, त्यसको आधिकारीक पुष्टी भने कसैले गरेका छैनन्। 

सन् २०२० अक्टुबर १२ का दिन बिहानै मुम्बईमा एक्कासी विद्युत आपूर्ति बन्द भएपछि मानिसमा हलचल मच्चिएको थियो। कहिल्यै नजाने मुम्बई विद्युत अचानक रोकिएको थियो। विद्युत जाने समय मुम्बईले कोरोनाको मार झेलिरहेको थियो। अस्पतालमा चलिरहेका भेन्टिलेटर बन्द गर्नुपरेको अस्पताल प्रशासनले बताएका छन्।

मुम्बई अन्धकार बनेसँगै कार्यालय र मानिसमा खुलदुली भइरहेको बेला २ घण्टापछि पावर आपूर्ति चालू भएको थियो। न्यूयोर्क टाइम्सले फेला पारेको अध्ययनले मुम्बई अन्धकारमा चिनियाँ आक्रमण हो या संयोग मात्रै, त्यो भने यकिन हुन सकेको छैन।
 

प्रकाशित मिति: : 2021-03-01 13:40:00

प्रतिकृया दिनुहोस्