'लकडाउनमा दुइटा पसल बन्द भए, कुखुरा बेचेर भाडा उठायौं'

सेतोपाटी

काठमाडाै‌ं

नवराज पाण्डे व्यवसायी हुन्। क्षेत्रपाटी चोक र ज्याठामा उनको चियापत्ति पसल छ। चियापत्तिसँगै उनी हर्बल साबुन, बिरेनुन, कफी, मसला, केशर, परफ्युम, मह र नेपाल, बुद्ध तथा हिमाल चित्र अंकित कप, अगरबत्ति लगायत नेपाली उत्पादन बेच्छन्। 

लकडाउनमा भने उनको व्यावसायिक बाटो ठ्याक्कै मोडियो। उनी चियापत्ति कम, कुखुरा बढी बेच्न थाले।

'चियापत्तिका मुख्य ग्राहक चिनियाँहरू हुन्। कोरोनाले गर्दा विदेशीको आवतजावत बन्द भयो जसको प्रभाव मेरो व्यापारमा पनि देखियो,' नवराजले भने, 'अनि कुखुरा व्यवसायमा लागेँ।'

कोरोना भाइरस केही समयमा हराएर जाला भन्ने लागेर सुरूतिर त उनी त्यति विचलित भएनन्। पसलको व्यस्तताबाट केही समय फुर्सदै मिल्यो। उनी आफ्नो परिवारसँग गाउँ गए। 

जब लकडाउन तीन महिना बढी लम्बिँदै जान थाल्यो, उनी आत्तिए। काम त गर्नै पर्छ भनेर काठमाडौं फर्किए। तर गर्ने के? पसल खुल्ने अवस्थामा थिएन। खुले पनि पर्यटक थिएनन्।

तर नवराज हार मान्नेवाला थिएनन्। ठाने- एउटा व्यापार बन्द भएर के भयो, अर्को सुरू गर्छु। 

विकल्पमा के गर्ने भनेर उनी सोच्न थाले। पछिल्लो समय कृषिमा बढ्दै गएको व्यवसायलाई मध्यनजर गर्दै उनले यसमै लगानी गर्ने योजना बनाए। सोचअनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा कुखरा फार्म खोले।

प्रकाशित मिति: : 2021-01-31 09:55:00

प्रतिकृया दिनुहोस्