प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार रहेको बताएका छन्। 

‘संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन्। हामीले नोट गरेका छौं। आवश्यक परे मगाउँछौं,’ प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा क्रममा उनले भने।

संसद् विघटनबारे कस्ता व्यवस्था राख्न छलफल भएको थियो भनेर जान्नुपर्ने  निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका थिए। 

उनले भनेका थिए,‘संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउनुपर्छ। संविधान निर्माणका बेलाका कागजात मगाउनुपर्छ।’

जवाफमा जबराले संविधान निर्माणका बेला भएका छलफलको विवरण निवेदक सन्तोष भण्डारीले पनि उठाएको भन्दै त्यो मगाउन सकिने बताए। 

प्रकाशित मिति: : 2021-01-17 13:50:00

प्रतिकृया दिनुहोस्