बालाजुमा ग्राहकको विषयलाई लिएर विवाद हुँदा एक दर्जीको ज्यान गयाे

काठमाडौंको बालाजु बाइपासमा ग्राहकको विषयलाई लिएर विवाद हुँदा एकजनाको ज्यान गएको छ।

मंगलबार राति ९ बजेतिर स्थानीय दुई टेलर व्यवसायीबिच भएको विवादले उग्र रुप लिँदा अन्दाजी २३ वर्षका कलाम मियाँको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मियाँलाई अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए। 

गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको भए पनि राति साढे १० बजे निधन भएको हो।

मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतिहारीका बासिन्दा हुन्। घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ। 

प्रकाशित मिति: : 2021-01-06 08:31:00

प्रतिकृया दिनुहोस्