आज ‘क्रिसमस डे’। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।
‘क्रिसमस डे’का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ।
यसरी मनाइयो क्रिसमस
क्रिसमस मनाउने परम्परा पनि निकै पुरानो हो।
सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो। त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन। त्यसो त, त्यसपछि जिसस को जन्मको तारिखका लागि विवाद समेत भयो।
यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो। त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो।
कथा यस्तो छ
क्रिसमसको कथा आजभन्दा करिब २ हजार वर्षअघिको हो। बाइबलमा उल्लेख भएअनुसार त्यसबेला रोम शासन थियो। रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए।
जिससले जन्मका लागि एक कुमारी कन्य म्यारी छनौट गरे। म्यारीकहाँ एक देवदुत पठाइयो र भनियो, ‘तिमीले प्रभूको पुत्र जीससलाई जन्म दिनुपर्नेछ।’
उनले उक्त पुत्र पछि राजा हुने पनि बताए।
जुन दिन जिससको जन्म हुनेवाला थियो। त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए। त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो। उनीहरुले बस्ने ठाउँ पाएनन्। त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे। त्यही जिससको जन्म भयो।
यही कथालाई आधार मानेर क्रिसमस मनाइन्छ।
क्रिसमस ट्रि, झिलिमिली, शान्त क्लज र उपहार
क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन्। यसबेला घरघरमा क्रिसमसमा रुख सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरू गरिन्छ।
के पनि भनाइ छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन्। त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ।
शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ। यस पर्वको खास विशेषता भनेको क्रिसमस रुख, शान्त क्लज र उपहार नै हो। यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ।
-अर्काइभबाट
तस्बिर: रविन भण्डारी