बिएल संवाददाता
एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले ‘आगामी राजनीति यात्रा’बारे आफ्ना समर्थक तथा सुभेच्छुकसँग आन्तरिक परामर्श गरिरहेका छन्।
बुधबार साँझदेखि ‘रावलनिवास टोखा’मा एमाले नेता–कार्यकर्ताहरूको चहलपहल बाक्लिएको छ। एमालेको शीर्ष नेतृत्वबाट हेपिएका, कतिपय जिम्मेवारी खोसिएका र ‘उपाध्यक्ष–महासचिव’को गुटबन्दीको चेपुवामा पारिएका जिल्लादेखि प्रदेश तहसम्मका पूर्वसदस्य तथा पदाधिकारीहरूले नेता रावलसँग संवाद थालेका छन्।
रावलनिकट स्रोतकाअनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी केन्द्रीय सदस्यहरूले उनलाई भेटेर थप सल्लाह–सुझाव दिएका छन्।
भेटमा सहभागी अधिकांश नेताहरूले उनलाई ‘एमालेको लिगेसी’ भन्दा बाहिर नजान सुझाएका छन्। उनीहरूले एकीकृत समाजवादी पनि ‘रावलको विकल्प’ नभएको बताउँदै नहतारिन आग्रह गरेको एक केन्द्रीय सदस्यले जनाएका छन्।
‘कमरेड भीम रावलसँग हिजो दिउँसो छोटो तर महत्वपूर्ण कुराकानी भयो। त्यहाँ हामी १३–१४ जना केन्द्रीय सदस्यहरू पुगेका थियौँ, अहिलेलाई यत्ति भनौँ कि हाम्रोबीचमा सकारात्मक छलफल भएको छ,’ भेटमा सहभागी ती नेताले भने।
नेता रावलले छुट्टाछुट्टै समूह बनाएर पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीमा असन्तुष्ट रहेका एमाले नेता–कार्यकर्ताहरूको सूची तयार पारिरहेका छन्।
स्रोतकाअनुसार उपाध्यक्षनिकट कतिपय एमाले केन्द्रीय सदस्यहरूले पनि हौसला दिइरहेका छन्। उनीहरूले नेता रावललाई एक्लाएक्लै भेट्न खोजिरहेका छन्।
निकटस्थहरूसँग भावी रणनीतिबारे छलफलमै रहेका नेता रावललाई अहिलेसम्म केही केन्द्रीय सदस्यसहित १३ जिल्ला अध्यक्षले पनि समर्थन रहेको बताएका छन्। उनले एमाले नेता–कार्यकर्ताहरूको संवाद सँगसँगै पत्रकार सम्मेलनबारे पनि तयारी गरिरहेका छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया