सेञ्चुरी बैंकले मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आ.ब. २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ। 

 जसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्न लागिएको हो। 

२९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको छ ।

सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ । 
 

प्रकाशित मिति: : 2020-12-14 17:16:00

प्रतिकृया दिनुहोस्