शेयरबजारमा वृद्धि जारी, नेप्से सूचक १७.३१ अंकले बढेर २३३२.३२ विन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा सोमबार पनि वृद्धि जारी रहेको छ। नेप्से सूचक १७.३१ अंकले बढेर २३३२.३२ विन्दुमा पुगेको छ ।

बजारले पछिल्ला दिनहरुमा लगातारजसो नयाँ उचाईहरु तय गरिरहेको छ । सूचक वृद्धि हुँदै जाँदा अल टाइम हाई रेकर्ड कायम हुँदै गएको हो । नेप्से २३ सय विन्दु माथि लागेपछि लगानीकर्तामा थप उत्साह देखिएको छ । 

१८ कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । यी मध्ये अधिकांश कम्पनीमा भाउ बढेर सर्किट पनि लागेको छ । खरिदबिक्री रकममा प्रभु बैंकले अग्रता लिएको छ । प्रभुको ३३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

खरिदबिक्री रकममा दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् । २०७ कम्पनीको ६ अर्ब ३१ करोडभन्दा बढीको कारोबार भएको छ । १ करोड ५४ लाख ९६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । 

होटेल समूहको भाउ सबैभन्द बढी वृद्धि भएको छ । त्यस्तै, विकास बैंक र माइक्रोफाइनान्स समूहमा पनि लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।

प्रकाशित मिति: : 2021-01-18 16:15:00

प्रतिकृया दिनुहोस्