बिएल संवाददाता
काभ्रेको धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युतको पोलमा करेन्ट लागेर प्राधिकरणका एक मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपाली रहेका प्रहरीले जनाएको छ।
११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा उपेशको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए।
विद्युत प्राधिकरणकै लापरबाहीले एक मजदुरको ज्यान गएको स्थानीयवासीले आरोप लगाएका छन्। शुक्रबार मात्रै प्राधिकरणको काभ्रे वितरण केन्द्रले एक सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो।
जसका लागि उपेशलाई प्राधिकरणले नै काममा लगाएको थियो। तर, त्यही प्राधिकरणले जानकारी बिनै अचानक लाइन छाडिदिँदा उपेशको करेन्ट लागेर मृत्यु भएको हो।
उनको शव पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको र घटनाबारे इन्सपेक्टरको कमाण्डमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया