रातोपाटी
शंकर अर्याल
विष्णु गैरे नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हुन् । उनी हालै मात्रै नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका छन् । महासङ्घको वस्तुगत समूहमा निर्वाचित भएका उनी वैदेशिक रोजगार व्यवसायीको तर्फबाट महासङ्घमा प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति समेत हुन् । कोभिड–१९ सँगै वैदेशिक रोजगारीको क्षेत्र अहिले निकै अप्ठ्यारोमा छ । सुरुमा लकडाउनका कारण बन्द भएको रोजगारी पछि श्रम स्वीकृति खुल्न ढिलाइ हुँदा लामो समय अड्कियो । पुनः श्रम स्वीकृति असारमै खुले पनि श्रम स्वीकृति भदौ १५ गतेदेखि मात्रै खुला भयो । तर सरकारी समन्वयको अभावले अझै पनि सम्बन्धित देशबाट माग आउने वातावरण नभएको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।
त्यसो त पछिल्लो समय माग नै नआई अन्तर्वार्ता गरिएको, वैदेशिक रोजगारीमा सिन्डिकेटको प्रयास गरिएको विषयले सार्वजनिक भयो । कोभिड–१९ प्रभावितको रूपमा यो क्षेत्रले पाउनुपर्ने राहतका विषयमा समेत अहिले सङ्घ मन्त्रालयहरूमा धाइरहेको छ । ४ महिनासम्म म्यानपावर कम्पनीमार्फत् २ सय जनलाई मात्रै विदेश गएको अवस्थाबीच अबको ८ महिनामा प्रत्येक म्यानपावरलाई सय जनाको कोटाले पु¥याएर लाइसेन्स जोगाउने पिरलो पनि अर्कोतिर छँदैछ । यिनै विषयबारे सङ्घले केकसरी काम गर्दैछ त ? प्रस्तुत छ, अध्यक्ष गैरेसँग गरिएको कुराकानी :
वैदेशिक रोजगार व्यवसायी भन्नेबित्तिकै कामदारलाई विदेश पठाउने भन्ने कुरा आउँछ । कोभिड–१९ पछि वैदेशिक रोजगार क्षेत्र ठप्प भएको थियो । श्रम स्वीकृति खुला गरेपछि तपाईंहरूको अवस्था कस्तो छ ?
कोभिड–१९ को कारण यो क्षेत्र पूर्ण रूपमा बन्द भयो । लकडाउन खुलेपछि अरू व्यवसाय त खुले, तर श्रम स्वीकृति खुला नभएसम्म हाम्रो व्यवसाय सञ्चालन हुन पनि पाएन ।
सरकारले पुनः श्रम स्वीकृति असारमै खुलाए पनि भदौ १४ गते मात्रै आएर श्रम स्वीकृति खुला ग-यो । श्रम स्वीकृति खुला भए पनि अझैसम्म पनि कतिपय देशले रोजगारदाताको माग प्रमाणीकरण नगरिदिँदा समस्या भएको थियो ।
अहिले केही देशमा यो समस्या समाधान भए पनि धेरै देशमा समस्या बाँकी नै छ । कसैले यसमा अहिलेसम्म पनि चासो दिइरहेका छैनन्, कसैले जनवरी, फेब्रुअरीको भाखा राख्दै आएका छन् । अहिलेसम्म पनि श्रम आपूर्ति गर्ने काम राम्रोसँग चल्न सकेको छैन ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया