पैसा अभावले पाठेघरकाे राेगसँग जुधीरहेकी सियापतिदेवी

पैसा अभावले पाठेघरको उपचार हुन नसक्दा पर्साको सखुवा परसौनी गाउँपालिका ५ महुवनकी ३० वर्षीय सियापतिदेवी चमार पीडाबाट जुधीरहेकी छिन्। 

वीरगञ्जकी डा अस्मिता उपाध्य दुवेदीको प्रारम्भिक चेकजाँच अनुसार सियापतिदेवीको पाठेघरमा घाउ भएको छ।  त्यसको उपचार समयमा नभए पाठेघरमा क्यान्सर समेत हुने सम्भावना उच्च रहेको छ।

‘चिकित्सकले भिडियो एक्सरे गराउन भनेका थिए। तर पैसा अभावमा एक्सरे हुन सकेन,’ उनका श्रीमान बिचारी महरा चमारले बिएल नेपाली सेवासँग भने,’हेराउन त हेराएको छुँ। तर पैसा नभएर उपचार गराउन सकिरहेको छैन।’

 दुई छोरी र दुई छोराकी आमा रहेको सियापति माइती घरमा बस्दै आएकी छिन्। उनका श्रीमान बिचारीले जसो तसो गरी चारै जना छोराछोरी पाल्दै आएका छन्।

उपचारको अभावमा छट्पटाई रहेकी श्रीमतीलाई आर्थिक सहयोग गर्न उनका श्रीमान बिचारीले अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2020-11-09 11:09:00

प्रतिकृया दिनुहोस्