प्रधानमन्त्री लखेटेपछि ‘राष्ट्रपति भवन’ कब्जा गर्दै आन्दोलनकारी

Break n Links
Break n Links

प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेपछि बङ्गलादेशका आन्दोलनकारीले राष्ट्रपति मोहम्मद साहबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन उग्र बनाएका छन्। उनीहरूले राष्ट्रपतिको बङ्गभवन पनि कब्जा गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय सहिद मिनारमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो।

प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाइरहेका छन्।

मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए। 

यसअघि विद्यार्थी आन्दोलन थेग्न नसकेर प्रधानमन्त्री शेख हसिना भारतमा निर्वासित भएकी थिइन्। त्यसपछि त्यहाँ नोबेल पुरस्कार बिजेता मुहम्मद युनुसले सरकारको नेतृत्व गरिरहेका छन्। 

प्रकाशित मिति: : 2024-10-23 12:58:00

प्रतिकृया दिनुहोस्