
बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आरोपित मिश्र बन्दी प्रत्यक्षीकरणको रिटपछि सर्वोच्चको आदेशबाट हाजिरी जमानीमा छुटेका थिए।
त्यसपछि उनी सम्पर्कबिहीन भए। लामो समय सम्पर्कमा नआएपछि उनलाई जमानी लिने वकिलहरूलाई पनि जरिवाना तिराउने भनिएको थियो। पछि अदालतले जरिवान नतिराउन भन्यो।
मिश्र चैत १५ गते राति नै पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल समशेर राणा पनि हाजिरी जमानीमा छुटेर सम्पर्क बिहीन भएका थिए। मिश्र र राणा दुबैलाई फेरि पक्राउपूर्जी जारी गर्ने तयारी भइहँदा राणा भने सोमबार अदालत गएका थिए। जिल्ला अदालत काठमाडौंले उनीसँग ३ लाख धरौटी लिएको छ।
मिश्रको थुनछेक बहस पनि आजै हुनेछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया