लहानका ५५ वर्षीय कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

सिरहाको लहान नगरपालिका ६ का ५५ वर्षीय पुरुष बिहीबार मृत्यु भएको हाे।

ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण असोज २५ गते अस्पताल भर्ना भएका थिए।

२६ गते रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनका अनुसार ती पुरुष दमको दीर्घ रोगी थिए।

प्रकाशित मिति: : 2020-10-15 19:14:00

प्रतिकृया दिनुहोस्