फ्रान्सले कोरोनाको प्रभाव बढ्न थालेपछि फेरि स्वास्थ्य संकटको घोषणा गरेको छ।
बुधबार मात्र यहाँ २२ हजार ९ सय ५० नयाँ संक्रमित फेला परेका छन्। यसपछि प्रधानमन्त्री इमानुअल मेक्रोले देशमा स्वास्थ्य संकटको घोषणा गरें।
पेरिससमेत ९ वटा सहरमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरिएको छ।
प्रधानमन्त्री इमानुअलले स्थिति बिग्रिएपछि आफूसँग कडाईंका साथ यो नियमलाई लागु गर्नु बाहेक अन्य विकल्प नभएको बताए। स्थानीय अखबारले कर्फ्यु करिब चार साता अर्थात एक महिनासम्म रहनसक्ने बताएका छन्।
मार्से सहरका मेयरले भनेका छन्, ‘अवस्था गम्भीर भइसकेको छ। तर, यसलाई नियन्त्रण गर्ने सकिन्न भन्ने होइन।’ पेरिस लगायत ग्रेनोबल, लिले, लियोन, मान्टेपिलर, रुइन, सेन्ट–इटिनी र टाउलोसीमा कर्फ्युको घोषणा गरिएको छ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले तीन सातामा तीन लाखभन्दा बढी मानिस संक्रमित भएको बताएको छ। देशको ३२ प्रतिशत आईसीयू अहिले कोरोना संक्रमितले भरिएका छन्। कर्फ्यु तोड्नेलाई १ सय ३५ युरो जरिवाना कायम गरिएको छ।