पर्सा र बारामा थपिए २२ कोरोना संक्रमित

पर्सा र बाराका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा र बाराको विभिन्न स्थानबाट ल्याइएको १ सय ९२ जनाको थोर्ट स्वाबको नमुना परीक्षण गर्दा जम्मा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये ५ जना महिलासहित पर्साका १७ र बाराका ७ जना रहेका छन्। 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, १४ र १५ मा दुई र दुई जना र वडा नम्बर १ र १३ मा एकरएक जनामा संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा दुई र वडा नम्बर २ मा एक जना संक्रमित भेटिएका छन् भने पर्सागढी नगरपालिका वडा नम्बर ५ मा एक र वडा नम्बर ८ मा दुई जनामा संक्रमण देखिएको डा चौरसियाले जानकारी दिए। 

उनले छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा पनि एक जनामा संक्रमण पुष्टि भएको छ।

उता बारा जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा एक, र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २, २, ३, र १६ मा एक र वडा नम्बर ७ मा दुई जनागरी ६ जना कोरोना पोजेटिभ भएका छन्।

थपिएका सम्पूर्ण संक्रमितहरुमा ९ वर्षीय बालकदेखि ५४ वर्षीय वृद्धसम्म रहेको डा चौरसियाले जानकारी दिए। संक्रमितहरुको सिटि भ्यालु ३ देखि ३४ सम्म रहेको छ।

प्रकाशित मिति: : 2020-10-14 09:49:00

प्रतिकृया दिनुहोस्