ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्षको कोरोना संक्रमणका कारण निधन

ललितपुर बार एसोसिएसन

कोरोना संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ।

४६ वर्षीय अधिवक्ता विष्टको ललितपुरको मेडिसिटी अस्पतालमा शुक्रबार राति ८ बजे मृत्यु भएको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन्।

ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टला उपचारका लागि उनलाई यही असोज १३ गते मेडिसिटी भर्ना गरिएको थियो।

सामान्य रुघाखोकी, त्यसपछि देखिएको कोरोना र त्यसले निमोनिया भएपछि १२ दिनपछि उनको निधन भएको हो।

प्रकाशित मिति: : 2020-10-10 03:16:00

प्रतिकृया दिनुहोस्