नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे, मृतकको संख्या ६०० नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो ।

आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा २ हजार ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८०  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।

काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १११६, भक्तपुरमा १३०  र ललितपुरमा १६३ सय  जनालाई संक्रमण पुष्टि भएको हो।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो। 

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। 

प्रकाशित मिति: : 2020-10-09 16:25:51

प्रतिकृया दिनुहोस्