कोरोनाबाट काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन

नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले जानकारी दिए । उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् ।

उनका अनुसार प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि  ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ ।नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दहास्कार गर्ने विश्वक्रमाले बताए । 

उनी ०२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष भएका थिए । कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म प्रसाईँको राम्रो सम्बन्ध थियो । अध्ययन र राजनीतिक जीवन बिताउने क्रममा नेपाल–भारत गरिरहने प्रसाई काँग्रेसका संस्थापक सदस्य समेत हुन् ।

प्रकाशित मिति: : 2020-10-09 14:57:24

प्रतिकृया दिनुहोस्