कोरोना भाइरस संक्रमणबाट झापामा एक जना पुरुषको मृत्यु भएको छ।
दमक नगरपालिका ९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हाे।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृतक गत असोज १८ गते अस्पताल भर्ना भएका थिए। साेहीदिन संक्रमण पुष्टि भएपछि उनको उपचार सुरु गरिएकाे थियाे।
उपचारकै क्रममा दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी बताए।
यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन र जिल्लामा १२ पुगेको छ।
दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ।