चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पतालको ल्यावमा २२० जनाको स्वाब परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
उनका अनुसार संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन्। जसमध्ये भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिला छन्। बाँकी ३ जना नवलपरासी र मकवानपुरका हुन्।
यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको अधिकारीले जानकारी दिइन्।
यता नवलपरासी गैँडाकोट १२ की २३ वर्षीया एक महिला र कावासोती १७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ।
यस्तै मकवानपुर हेटौँडा ४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको अधिकारीले बताइन्।