सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

उनका अनुसार सोमबार गरेको पीसीआर परीक्षणकाे रिपाेर्ट पोजिटिभ आएकाे हाे।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छन्।

आफूमा कोरोनाको सामान्य लक्षण देखिएको उनले बताएकी छन्।

प्रकाशित मिति: : 2020-10-06 14:01:52

प्रतिकृया दिनुहोस्