तेह्रथुम म्याङलुङका काेराेना संक्रमित युवककाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
म्याङलुङ नगरपालिका १ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको हो।
आइतबार कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबारमात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकमा मिर्गौला सम्बन्धी दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।