घरमा शव ल्याइसकेपछि कोरोनाकाे रिपोर्ट पोजिटिभ !

झापाका कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ।

नोबेल अस्पताल विराटनगरमा विर्तामोड नगरपालिका ५ का वृद्धको आइतबार मृत्यु भएको हाे।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो।

रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ।

नगरपालिकाका अनुसार विर्तामोडस्थित घरमा शव ल्याइसकेपछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो। 

प्रकाशित मिति: : 2020-10-05 10:01:49

प्रतिकृया दिनुहोस्