चार कर्मचारीमा कोरोना पुष्टि भएपछि रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

 चार जना कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि काभ्रेको रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले विज्ञप्ति जारी गरेर सेवा अनिश्चित कालका लागि बन्द गरिएको जानकारी दिएका हुन्।

रोशी कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-05 07:43:55

प्रतिकृया दिनुहोस्