भरतपुर अस्पतालमा उपचार गराइरहेका एकजना काेरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएका चितवन कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुष शुक्रबार साँझ भरतपुर अस्पताल भर्ना भएका थिए ।
उनको आइतबार बिहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
खोकी र श्वासप्रश्वासको समस्या देखिएका उनको अस्पतालको कोभिड आईसीयूमा राखेर उनकाे उपचार भइरहेको थियो ।
चितवनमा योसहित कारोना संक्रमण देखिएका ४२ जनाको निधन भएको छ । जसमा चितवनका मात्रै २३ जनाको निधन भएको छ ।