सर्वाेच्च अदालतका न्यायाधीस र केही अधिकृत तथा अन्य कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ । सर्वाेच्च अदालतले विज्ञप्ती निकालेर संक्रमित न्यायाधीश र कर्मचारीहरु होम क्वारेन्टाइनमा रहेको जानकारी दिएको हो ।
न्यायाधीश र कर्मचारीहरु समेत कोरोनाबाट संक्रमित भएपछि अदालतको काम समेत प्रभावित बनेको छ ।
सर्वाेच्च अदालतद्वारा आइतबार जारी विज्ञप्तीमा कति जना न्यायाधीश र कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएका हुन भन्नेबारे भने केही खुलाइएको छैन् ।