भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख नाघ्याे, मृत्यु ९८ हजार पुगे

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६३ लाख नाघेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६३ लाख १२ हजार ५८५ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ८६ हजार ८२१ नयाँ संक्रमित थपिएका छन्। 

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९८ हजार नाघेको छ। अहिलेसम्म ९८ हजार ६७८ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले बताएको छ। 

पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार १८१ जनाको कोरोनाबाट मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-10-01 12:26:57

प्रतिकृया दिनुहोस्