रुपन्देहीमा कोरोनाबाट थप एक जनाको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ। 

असोज ११ गते स्वास्थ्यमा समस्या भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएका देवदह-११ का ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएकाे हाे। 

उनमा काेराेना संक्रमण देखिएपछि कोरोना अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो। 

उपचारकै क्रममा बिहान १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

प्रकाशित मिति: : 2020-09-30 12:16:57

प्रतिकृया दिनुहोस्