नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक नभएपछि नेविसंघको विरोध

सरकारले नेपालको नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको भन्दै नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। 

नेपालले नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरिसकेको र संविधानमा समेत नयाँ नक्सा समेटिसकेको अवस्थामा सरकारले भने नयाँ नक्सा सहितको पुस्तक बितरणमा रोक लगाएको भन्दै समितिले काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको हो।

उनीहरुले कागजमामात्र नभइ वास्तविक रुपमै आफ्नो भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए। कालापानी, लिपुलेक लिम्पीयाधुरा हाम्रो हो, वास्तविक सिमाना वास्तवमै फिर्ता गर लगाएका प्लेकार्ड बोकी विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए।

समितिका संयोजक महेन्द्र जंग शाहीले नेपालको नक्सा अनुसारको भूमि फिर्ता ल्याउन र नयाँ नक्सा समेटिएको पुस्तक बितरण सुरु गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन विरोध गरिएको बताए।

समितिले मुलुकमा हिंसा हत्या बलात्कारका घटनाहरु नरोकिएको भन्दै सरकार जनताको पक्षमा कमजोर देखिएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-09-29 18:08:45

प्रतिकृया दिनुहोस्