विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादका अनुसार सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएकाले उपचारका लागि सोमबार दिउँसो भर्ना भएका थिए।
ती व्यक्तिमा कोरोना संक्रमणका लक्षण देखिएकाले तत्काल आइसोलेसनमा भर्ना गरिएको थियो। सोमबार दिउँसो ३:०५ बजे नै ती पुरुषको मृत्यु भएको डा.यादवले बताए। उनकाे अस्पताल भर्ना भएको केही बेरमै मृत्यु भएकाे थियाे।
मृत्यु पश्चात ती पुरुषको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पठाइएको र साँझ ७ बजे रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए।