अछाममा एक कोरोना संक्रमितको मृत्यु

बिएल संवाददाता

महेन्द्रनगर

अछाममा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

बान्नीगढी जयगढी गाउँपालिका ३ का ३४ वर्षीय पुरुषकाे राति ९ बजे मृत्यु भएको अछाम स्वास्थ्य कार्यालयले जनाएकाे छ। 

अछाम जिल्ला अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले पुष्टि गरे।

‘स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान अस्पताल पुर्‍याइएकाे थियो, तर  अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन सकिएन र उपचार गर्दागर्दै उनकाे मृत्यु भयाे,’ उनले भने।

गत भदाै २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। त्यहाँ रहेका उनकाे स्वाब  परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-09-27 09:47:59

प्रतिकृया दिनुहोस्