ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा केही समस्या देखिएपछि बिहीबार मेयर महर्जनको पीसीआर परीक्षण गर्दा शुक्रबार आएको रिपोर्ट पोजेटिभ भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

प्रवक्ता महर्जनले मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको जानकारी पनि दिए ।

प्रकाशित मिति: : 2020-09-25 18:01:47

प्रतिकृया दिनुहोस्