विराट मेडिकल कलेजमा झापाका कोरोना संक्रमितको मृत्यु

विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा झापा भद्रपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका १० का ८६ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि वृद्धलाई अस्पताल ल्याइएकाे थियाे।

वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ। उनको मिर्गौलामा पनि समस्या देखिएको थियो।

उनकाे सोमबार नै कोरोना टेस्ट गर्दा पोजेटिभ देखिएको थियो।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५७ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-23 13:41:54

प्रतिकृया दिनुहोस्