डा केसी भेरी अस्पताल भर्ना

डा गोविन्द केसीलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ। 

भदौ २९ गते जुम्लामा १९औँ सत्याग्रह शुरु गरेका उनलाई सोमबार भेरी अस्पतालमा भर्ना गरिएको हो। 

उनी आज साँझ काठमाडौं जान हवाई माग हुँदै नेपालगञ्ज आएका थिए। उडान नभएकाले उनी नेपालगञ्जमै रोकिनु परेको हो।  

मंगलबार मात्रै उडान हुने भएकोले बाँके प्रशासनको सक्रियतामा उनलाई भेरी अस्पतालमा भर्ना गरिएको हो। 

बिएल नेपाली सेवासँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उनको स्वास्थ्य अवस्था जटिल नरहेको र सामान्य नै रहेको बताए। 

यसअघि जुम्लामा अनशनरत बस्दा स्वास्थ्यमा जटिल आएपछि उनलाई बलपूर्वक अस्पताल पुर्‍याइएको थियो। 

आजनै उनले एक विज्ञप्ति जारी गर्दै दुई वर्ष अघि आफूले जुम्लामा शुरु गरेको अनशनको बेला अस्पतालमा हिंसा र तोडफोडका साथै आक्रमण भएको स्मरण गर्दै यसपटक पनि त्यो अवस्था दोहोरिन सक्ने देखिएकाले काठमाडौं गएर अनशसन जारी राख्ने घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2020-09-21 19:59:11

प्रतिकृया दिनुहोस्