कांग्रेसले बाेलायाे असोज १९ गते केन्द्रीय समिति बैठक, पीसीआर परीक्षण अनिवार्य

 नेपाली कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

आगामी १४औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएकाे पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उनका अनुसार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक बस्ने छ।

बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलले बताए।

असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई अनिवार्य पीसीआर परीक्षण गराउन सबैलाई उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2020-09-21 19:22:45

प्रतिकृया दिनुहोस्