हिमचितुवा शेर्पाको निधनप्रति राष्ट्रपति भण्डारीले व्यक्त गरिन् दु:ख

'हिमचितुवा' नामले चिनिने कीर्तिमानी आरोही आङ्गरिता शेर्पाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गरेकी छन् ।

सोमवार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले शेर्पाको असामयिक निधन भएको गहिरो दु:ख व्यक्त गरेकी हुन् ।

'हिम चितुवाका नामले प्रख्यात नेपाली पर्वतारोही आङ्गरिता शेर्पाको असामयिक निधन भएकोमा गहिरो दुःख लागेको छ । उहाँको निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । दिवंगत शेर्पाको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु !' राष्ट्रपति भण्डारीको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।

१० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही शेर्पाको सोमवार नै निधन भएको हो ।

प्रकाशित मिति: : 2020-09-21 18:01:10

प्रतिकृया दिनुहोस्