बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत इनरुवा ४ बस्ने ४९ वर्षीया महिला र झापाको मेची नगरपालिका ८ की ७२ वर्षीया महिलाको मृत्यु भएको हो। 

प्रतिष्ठानका अनुसार इनरुवा निवासी महिलाको सोमबार बिहान र मेचीनगरकी महिलाको आइतबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार इनरुवाका महिलालाई उच्च रक्तचाप, मधुमेह र मृगौलामा समस्या भएपछि भदौ ३० गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

यसैगरी झापाको मेची नगरका महिलामा स्वासप्रश्वासको समस्या, छाति दुख्ने, निमोनियाको लक्षण देखिएपछि थियो ।

यासँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति: : 2020-09-21 15:43:07

प्रतिकृया दिनुहोस्