६ महिनापछि पर्यटकका लागि खुल्यो ताज महल : सेल्फी लिन पाइने, ग्रुप फोटो लिन नपाउने

कोरोना भाइरसको संक्रमणका कारण बन्द रहेको भारतको ताज महल पर्यटकका लागि सोमबारबाट खुला भएको बिबिसी ले जनाएको छ। 

कोरोना भाइरसको संक्रमणका कारण ताज महल करिब ६ महिनादेखि बन्द थियो। ताज महलसँगै आगरा फोर्ट पनि आजैबाट खुला भएको छ।

यद्यपी पर्यटकले यी स्थानहरु भ्रमण गर्दा स्वास्थ्य मापदण्डहरु भने पालना गर्नुपर्नेछ। यी सम्पदा क्षेत्रमा प्रवेश गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। प्रवेश गर्ने ढोकामा पर्यटकहरुको तापक्रम परीक्षण गरिनेछ। पर्यटकहरुले अनलाईनबाट मात्रै टिकट खरिद गर्न सकिनेछ। टिकट काउन्टरहरु भने बन्द रहनेछन्।

ताजमहलमा एक दिनमा ५ हजार जना पर्यटकले मात्रै प्रवेश पाउनेछन्। दिउँसो २ बजे अघि २ हजार ५०० जना र त्यउपछि बाँकी पर्यटकहरुले प्रवेश पाउनेछन्। यता आगरा फोर्टमा भने एक दिनमा मात्र २ हजार ५०० जनालाई प्रवेश गर्न दिइने बिबिसीले जनाएको छ।

कोरोना कहरअघि ताज महलमा एक वर्षमा करिब ७० लाख मानिस र आगरा फोर्टमा ३० लाख मानिस घुम्न पुग्ने अधिकारीहरुले बताएका छन्।

ताज महल प्रवेश गर्नेहरुले अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ। ताज महल भित्र सेल्फी लिन पाउँनेछन्। तर ग्रुप फोटो लिन भने प्रतिबन्ध लगाइएको छ। आज ताज महलको ढोका खोल्नुअघि सम्पूर्ण परिसर स्यानिटाइज गरिएको थियो।

प्रकाशित मिति: : 2020-09-21 13:58:11

प्रतिकृया दिनुहोस्