गृहकार्यका लागि भन्दै नेकपा सचिवालय बैठक भाेलिलाई सारियाे

सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। सोमबार दिउँसो बस्ने तय भएको बैठक स्थगित भएको हो। 

दुई अध्यक्षले थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक मंगलबार साढे १२ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने भएको छ।

आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो। 

बैठकमा मन्त्रिपरिषद् कसरी पुनर्गठन गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भएको थियो।

मंगलबार बस्ने बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डा तय भएका छन्।

प्रकाशित मिति: : 2020-09-21 12:09:17

प्रतिकृया दिनुहोस्