डब्ल्यूएचओ भन्छ– कोरोनाबाट २० वर्ष मुनिका १० प्रतिशत व्यक्ति संक्रमित

बिएल संवाददाता

जेनेभा, बिएल ब्यूरो

विश्वमा कोरोना भाइरसको संक्रमण ३ करोड नाघेको छ। यसमा ९ लाख ४५ हजार बढी मानिसको निधन भइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रक्षेपणलाई मान्ने हो भने केही साताभित्र मर्नेको संख्या १० लाख नाघ्ने सम्भावना प्रबल छ। किनभने ६१ हजार मानिसको अवस्था अझैं खतरामा छ। 

डब्ल्यूएचओले हालै सार्वजनिक गरेको अर्को रिपोर्टअनुसार कोरोनाबाट संक्रमित मानिसको सूचिमा २० वर्षभन्दा मुनिको संख्या १० प्रतिशत मात्र छ। यसमा मर्नेको संख्या शुन्य दशमलव २ प्रतिशत मात्र रहेको डब्ल्यूएचओको रिपोर्टमा बताइएको छ। 

डब्ल्यूएचओले यसको सम्पूर्ण जानकारी बाहिर आउन बाँकी रहेको स्पष्ट पारेको छ। उसले बालबालिकालाई यो रिपोर्टमा संलग्न नगरिएको भन्दै बताएको छ, ‘हामीलाई बालबालिकाका लागि पनि यो भाइरस खतरनाक छ। उनीहरूमा पनि केही लक्षण देखिएको छ। तर, उनीहरूको मृत्युको संख्या न्युन छ।’

डब्ल्यूएचओले कोरोनाको दोस्रो लहर सुरु भएको हुनाले सबैलाई सतर्क रहन आब्हान पनि गरेको छ। उसले भ्याक्सिनको टुँगो नलागेको अवस्थामा सामाजिक दुरीलाई कडाईंका साथ पालना गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति: : 2020-09-17 09:00:08

प्रतिकृया दिनुहोस्